Section 63
बाल कोष
(१) बालबालिकालाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काम समेतका लागि एक बाल कोष रहनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन् ः-
(क)   नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त रकम,
(ख)  विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(ग)   स्वदेशी व्यक्ति, संघ वा संस्थाबाट प्राप्त रकम,
(घ)   बाल अदालतबाट भएको जरिबानाबाट प्राप्त रकम,
(ङ)   अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको कोषको रकम प्रदेश तथा स्थानीय तहको कानून बमोजिम स्थापना हुने बाल कोषलाई समेत उपलब्ध गराउन सकिनेछ।
(५) उपदफा (१) बमोजिमको कोषको व्यवस्थापन, सञ्चालन र प्रयोग सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।